Kathmandu Press

आकाश अधिकारीको नयाँ फिल्ममा सौगात र शिव श्रेष्ठ

काठमाडौं, असोज ८ : निर्देशक आकाश अधिकारी अब पर्दामा पनि देखिने भएका छन्। नयाँ फिल्ममा अधिकारीलाई पर्दामा पनि देख्न सकिनेछ।तिहारपछि छायांकन हुने उनको...
आकाश अधिकारीको नयाँ फिल्ममा सौगात र शिव श्रेष्ठ

काठमाडौं, असोज ८ : निर्देशक आकाश अधिकारी अब पर्दामा पनि देखिने भएका छन्। नयाँ फिल्ममा अधिकारीलाई पर्दामा पनि देख्न सकिनेछ।

तिहारपछि छायांकन हुने उनको नयाँ फिल्ममा सौगता मल्ल, रविन्द झा, सुनिल कटुवाल अनुबन्धित भएका छन्। त्यस्तै, एक्स हिरोले परिचित शिव श्रेष्ठ पनि यो फिल्ममा देखिनेछन्।

Hardik ivf

आकाश अधिकारीको कथामा बन्न लागेको फिल्ममा नव बिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती र सजल लोप्चनको पटकथा रहनेछ। त्यस्तै, नवराज कृष्ण थापाले छायांकन गर्ने फिल्मको भुपेन्द्र अधिकारीले सम्पादन गर्नेछन्।

यसमा राजनराज सिवाकोटी र शिखर सन्तोषका गीत रहनेछन् भने अम्बिका शर्मा र राजन राजले संगीत दिनेछन्। यो फिल्ममा क्रियटिभ प्रोड्युसरका रुपमा सम्पदा मल्ल रहनेछिन्।

ओएसआर डिजिटल इन्टरटेनिङ द नेसनसँगको सहकार्यमा निर्माण हुने फिल्मको नाम भने सार्वजनिक गरिएको छैन।

 

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्