Kathmandu Press

सुन प्रतितोला एक हजार २०० ले घट्यो

सुन प्रतितोला एक हजार २०० ले घट्यो

काठमाडौ, असोज ८ : पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ। सोमबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ७००, बुधबार एक हजार २०० रुपैयाँ र आज प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ। 

Hardik ivf

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकेको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्