Kathmandu Press

बद्री पंगेनीको नयाँ गीत ‘बाटो हेरी नरौ आमा’ सार्वजनिक

काठमाडौं असोज ८ : गायक बद्री पंगेनीले विदेशिएका युवावर्गको पीडालाई ‘बाटो हेरी नरौ है आमा...’ गीतमार्फत प्रस्तुत गरेका छन्। कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका...
बद्री पंगेनीको नयाँ गीत ‘बाटो हेरी नरौ आमा’ सार्वजनिक

काठमाडौं असोज ८ : गायक बद्री पंगेनीले विदेशिएका युवावर्गको पीडालाई ‘बाटो हेरी नरौ है आमा...’ गीतमार्फत प्रस्तुत गरेका छन्। 

कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मलाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको छ। 

गीतको भिडियोलाई क्रान्ति के.सी.ले निर्देशन तथा सम्पादन गरेका छन्। गीतमा निराजन के.सी.को सह निर्देशन रहेको छ।

भिडियोमा चाडपर्व नजिकिँदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको पीडालाई पोखिएको छ। 

दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई सुलोचना भडेल, मनिषा लोकन्द्री आदिले अभिनयमा साथ दिएका छन्। 
 

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्