Kathmandu Press

आज पनि १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज ७ : मंगलबार एक हजार सात रुपैयाँले घटेको सुनको मूल्य आज फेरि एक हजार दुई सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवासयी...
आज पनि १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज ७ : मंगलबार एक हजार सात रुपैयाँले घटेको सुनको मूल्य आज फेरि एक हजार दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार ९५ हजार पाँच सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि एक हजार दुई सय रुपैयाँले घटेको छ। आज तेजाबी सुन प्रतितोला ९३ हजार आठ सयमा कारोबार भइरहेको छ। मंगलबार ९५ हजारमा कारोबार भएको थियो।

यसैगरि चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ। प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रकाशित मिति: १९:०० बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्