Kathmandu Press

एलिनाले ल्याइन फरक शैलीको गीत ‘पन्छी’

काठमाडौं, असोज ६ : गायिका एलिना चौहानले फरक शैलीमा नयाँ गीत ‘पन्छी’ ल्याएकी छन्।लोक–आधुनिक गीत चल्तीमा रहेको वेलामा उनले भिन्नै स्वादको गीत प्रस्तुत...
एलिनाले ल्याइन फरक शैलीको गीत ‘पन्छी’

काठमाडौं, असोज ६ : गायिका एलिना चौहानले फरक शैलीमा नयाँ गीत ‘पन्छी’ ल्याएकी छन्।

लोक–आधुनिक गीत चल्तीमा रहेको वेलामा उनले भिन्नै स्वादको गीत प्रस्तुत गरेकी छिन्। एलिनाको स्वरमा रहेको यस गीतलाई सुदीप आत्रेयले लेखेका हुन भने किरण माइकल घिमिरेले संगीत भरेका छन्।

गीतमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ। फरज अर्पणको निर्देशन रहेको गीतको भिडियोमा गायिका एलिना, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थीनलगायतले अभिनय रहेको छ।

निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युब च्यानलबाट सार्वजनीक गरिएको छ। यस गीतलाई धेरैले मन पराएका छन्।

वास्वतिक घटनाहरुलाई गीतमा प्रतिबिम्बित गरिएको गीतकार सुदीप बताउछन्। गीतको भावअनुसार, म्युजीक भिडियो निर्माण गरिएकाले दर्शकले मन पराइरहेको उनको भनाइ छ।

 

 

 

 

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्