Kathmandu Press

बलिउड अभिनेता अर्जुन कपूरले प्लाज्मा दान गर्ने

मुम्बई, असोज ६ : कोरोना भाइरसको संक्रमणबाट निको भइरहेका बलिउड अभिनेता अर्जुन कपूरले प्लाज्मा दान गर्ने भएका छन्।अर्जुनलाई दुई साता अघि कोरोना संक्रमण...
बलिउड अभिनेता अर्जुन कपूरले प्लाज्मा दान गर्ने

मुम्बई, असोज ६ : कोरोना भाइरसको संक्रमणबाट निको भइरहेका बलिउड अभिनेता अर्जुन कपूरले प्लाज्मा दान गर्ने भएका छन्।

अर्जुनलाई दुई साता अघि कोरोना संक्रमण देखिएको थियो। उनले इन्स्टाग्राममा यसबारे जानकारी दिँदै अरुलाई पनि सतर्कता अपनाउन आग्रह गरेका थिए।

अहिले उनलाई सन्चो लागेको छ। उनले प्लाज्मा दान गर्न सिटी अस्पतालसँग सम्पर्क पनि गरेका छन्। अस्पतालले उनलाई ४५ दिनमा प्लाज्मा दान गर्न सकिने जानकारी दिएको छ।

त्यहिअनुसार, उनी कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा दान गर्ने भएका हुन्। उनले आफू प्लाज्मा दान गर्न तयार रहेको अन्य कोरोनाबाट निको भएकाहरुलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेका छन्।

बलिउड फिल्म पानीपतका स्टार अर्जुन छिट्टै अर्को फिल्ममा देखिने भएका छन्। उनी अब सैफ अलि खानसँगै भूत पोलिसमा खेल्न लागेका छन्।

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्