Kathmandu Press

एकैदिन १७ सयले घट्यो सुनको मूल्य

काठमाडौं, असोज ६ : केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज भने एकाएक घटेको छ। मंगलबार एक हजार सात सय रुपैयाँले घटेको छ।नेपाल...
एकैदिन १७ सयले घट्यो सुनको मूल्य

काठमाडौं, असोज ६ : केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज भने एकाएक घटेको छ। मंगलबार एक हजार सात सय रुपैयाँले घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार पाँच सयमा कारोबार भइरहेको छ। सोमबार ९७ हजार दुई सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि घटेको महासंघले जनाएको छ।

यसैगरि चाँदीको भाउ पनि ९० रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, असोज ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्