कुस्तीका राष्ट्रिय खेलाडी निर्मल विष्ट गम्भीर बिरामी
सुर्खेत, वैशाख ११ : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडी गम्भीर बिरामी भएका छन्। उनको कलेजो प्रत्यारोपण गर्नु पर्ने भएको छ।
....

सुर्खेत, वैशाख ११ : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडी गम्भीर बिरामी भएका छन्। उनको कलेजो प्रत्यारोपण गर्नु पर्ने भएको छ।
नेपालगञ्जमा जारी राष्ट्रिय खेलकुदमा कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहेका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्ट गम्भीर बिरामी भएका हुन्। उनको नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको छ। बिष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुन्।
अहिले उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको परिवारजनले बताए।
उपचारमा संलग्न चिकित्सकले ६० दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएको उनका छिमेकी ऋषि गरिीले बताए। ‘परिवारको आर्थिक अवस्था कमजोर छ, उपचार गर्न समस्या भइरहेको छ,’ उनले भने।
एउटा खेलाडी प्रतियोगितामा सहभागी भएकै बेला बिरामी भएर मर्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ छ। ‘एउटा राष्ट्रियस्तरको खेलाडीले आर्थिक अभावकै कारण अकालमा मर्नुपर्ने अवस्था आउन नदिन सहयोग जुटाउन लागिरहेका छौं,’ गिरीले भने।










