Kathmandu Press

प्रकाश समीरको दशैं गीत ‘गरिबीको झोला’ सार्वजनिक

काठमाडौं, असोज ४ : गायक प्रकाश समीरको दशैं विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको...
प्रकाश समीरको दशैं गीत ‘गरिबीको झोला’ सार्वजनिक

काठमाडौं, असोज ४ : गायक प्रकाश समीरको दशैं विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ । 

गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको गीतमा प्रकाश समीरकै शब्द र एलेन घिमिरेको संगीत रहेको छ। 

गीतमा कोरोना भाइरसका कारण परदेशमा रोकिएका नेपालीहरुको कथा, व्यथालाई प्रस्तुत गरिएको छ। कोरोनाले परदेशीहरुलाई दिएको दुःखलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ। 

प्रकाश समीरले नै निर्देशन गरेको भिडियोमा रंजिता गुरुङसँगै समीर आफैंले पनि अभिनय गरेका छन्। 

समीर मिडियाले तयार गरेको ‘गरिबीको झोला’ समीरकै अफिसियल यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्