Kathmandu Press

उसुमा आर्मीले जित्यो १४ स्वर्ण

बाँके, वैशाख १० : आठौं अन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ। आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो। एपीएफले ५ स्वर....

उसुमा आर्मीले जित्यो १४ स्वर्ण

बाँके, वैशाख १० : आठौं अन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ। आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो। एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कास्य हात पार्‍यो। प्रहरीले २ स्वर्ण, १ रजत र ५ कास्य प्राप्त गर्‍यो। २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल गर्‍यो।

उसुको अन्तिम मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए। थाउलोको महिला चियन सु-छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन्। कविताले १८.०५ अंक जोडिन्। सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोश्रो तथा आर्मीकी मुना शिरिष मगर तेश्रो भए। पुरुष ताव सु-कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते। उनले १८.९ अंक जोडे। एपीएफका कुमार सिन्जाली दोश्रो तथा प्रदेश ५ का राजिव तामाङ तेश्रो भए।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूरपश्चिम प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए।

महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, वैशाख १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्