सुटिङमा सुस्मिताको नयाँ कीर्तिमान
बाँके, वैशाख १० : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।....

बाँके, वैशाख १० : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
स्नेहाले २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै नेपालले मंगलबार कीर्तिमानी स्वर्ण जितिन्। २२७ अंकमा आर्मीकी कल्पना परियार दोस्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेस्रो भइन्।
नेपालगञ्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरुषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए। उनले कुल २४० अंकमा २१६ अंक जोडे। २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोस्रो तथा १९६ अंक जोडेका आर्मीका सुशे चौधरी तेस्रो भए।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।











