Kathmandu Press

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज २ : बिहीबार नौ सय रुपैयाँले घटेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला...
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज २ : बिहीबार नौ सय रुपैयाँले घटेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार ९६ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि चार सय रुपैयाँले बढेको छ। आज प्रतितोला ९६ हजार पाँच सय पुगेको छ। बिहीबार ९६ हजार एक सयमा कारोबार भएको थियो।

यसैगरि चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आज प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको छ। बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्