Kathmandu Press

स्वीडेनको फिल्म फेस्टिभलका लागि ‘जुनुको जुत्ता’ छनोट

काठमाडौं, असोज २ : नेपाली छोटो फिल्म ‘जुनुको जुत्ता’ स्वीडेनको प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनको लागि छनोट भएको छ।३८ वर्ष पुरानो ‘उपसला सर्ट फिल्म...
स्वीडेनको फिल्म फेस्टिभलका लागि ‘जुनुको जुत्ता’ छनोट

काठमाडौं, असोज २ : नेपाली छोटो फिल्म ‘जुनुको जुत्ता’ स्वीडेनको प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनको लागि छनोट भएको छ।

३८ वर्ष पुरानो ‘उपसला सर्ट फिल्म फेस्टिभल’मा नेपाली फिल्म देखाइन लागेको हो। स्वीडेनको फिल्म फेस्टिभलका लागि जुनुको जुत्ता छनोट भएको निर्देशक केदार श्रेष्ठले बताए।

Hardik ivf

यो फिल्म फेस्टिभल अक्टोबर १९ तारेखदेखि पाँच दिन चल्नेछ। ‘चिल्ड्रेन्स फिल्म’अन्तर्गत प्रतिस्पर्धामा रहेको फिल्म फेस्टिभलमा नेपालबाट यो फिल्म छानिएको हो।

‘जुनुको जुत्ता’ चप्पल उल्टो लगाउने बालिकाको कथा हो। उनले गरेको चप्पल सुल्टो लगाउने प्रयास यसमा समेटिएको छ।

अनलाइन स्क्रिनिङ हुने फेस्टिभलमा ६१ देशका करिव १३० फिल्म देखाइनेछ। जुनुको जुत्ता यसअघि इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन, लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभललगायतमा प्रदर्शन भइसकेको छ।

फिल्ममा पाँच वर्षीया हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारीलगायतको अभिनय छ।

 

प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्