Kathmandu Press

कुटपिट प्रकरणमा विराज भट्टले मागे माफी

काठमाडौं, वैशाख १० : निर्माण नियन्त्रकमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन्।

फिल्म ‘साङ्लो’ को तयारीमा रहेका ....

कुटपिट प्रकरणमा विराज भट्टले मागे माफी

काठमाडौं, वैशाख १० : निर्माण नियन्त्रकमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन्।

फिल्म ‘साङ्लो’ को तयारीमा रहेका नायक विराजले सोही फिल्मका  निर्माण नियन्त्रकको रुपमा अनुबन्धित शंकर पाण्डेलाई हातपात गरेका थिए। सोमबार फिल्मका विषयमा छलफल चलिरहेका बेला विवाद भएपछि विराजले पाण्डेमाथि हातपात नै गरेका थिए। 

घटनापछि मगंलबार चलचित्र प्राविधिक संघले समस्या सुल्झाउन बोलाएको छलफलमा भट्टले निर्माण नियन्त्रक पाण्डेसँग माफी मागेका हुन्। हात हाल्नु गल्ती भएको भन्दै विराजले पाण्डेसँग प्राविधिक संघका अध्यक्ष पुष्कर लामामार्फत माफी मागेका थिए। अध्यक्ष लामाका अनुसार पाण्डे र भट्टबीच लेनदेनको विवाद पनि सुल्झिएको छ।

कुटपिट पछि फिल्मको सुटिङ रोकिएको छ भने पाण्डेले ‘साङ्लो’ बाट बाहिरिएका छन्। विराजले पूर्वमिस नेपाल निकिता चाण्डकलाई हिरोइनका रुपमा लिएर फिल्म ‘साङ्लो’ निर्माण गर्दैछन्।
 
 

प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, वैशाख १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्