Kathmandu Press

नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज १ : सुनको मूल्य फेरि घटेको छ। आज प्रतितोला नौ सय रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन...
नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज १ : सुनको मूल्य फेरि घटेको छ। आज प्रतितोला नौ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार ६ सयमा कारोबार भइरहेको छ। बुधबार बुधबार ९७ हजार पाँच सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि नौ सय रुपैयाँले नै घटेको छ। आज प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको छ। बुधबार प्रतितोला ९७ हजारमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय २० रहेको छ। बुधबार एक हजार तीन सय ४० रहेको थियो।

 

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्