Kathmandu Press

वेबसिरिज मिर्जापुरमा कालिन भैया बन्दै पंकज त्रिपाठी

मुम्बई, असोज १ : बलिउड अभिनेता पंकज त्रिपाठी अब वेबसिरिज 'मिर्जापुर'को दोस्रो सिजनमा देखिने भएका छन्। उनी दोस्रो सिजनमा कालिन भैयाका रुपमा आउने...
वेबसिरिज मिर्जापुरमा कालिन भैया बन्दै पंकज त्रिपाठी

मुम्बई, असोज १ : बलिउड अभिनेता पंकज त्रिपाठी अब वेबसिरिज 'मिर्जापुर'को दोस्रो सिजनमा देखिने भएका छन्। उनी दोस्रो सिजनमा कालिन भैयाका रुपमा आउने लागेका छन्।

पछिल्लो समयको चर्चित फिल्म 'गुञ्जन सक्सेना : द कारगिल गर्ल'मा उनी बुवाको भूमिका थिए। जसको धेरैले प्रशंसा गरेका छन्। अब भने भिजेलका रुपमा कालिन भैया बन्नेछन्।

Hardik ivf

यो सिरिजमा खतरनाक माफियाको भूमिका निभाउन लागेको उनले बताएका छन्। 'जब म सानो थिए, त्यतिवेला भिलेनको विचार आउने गरेको थियो। फिल्मको कथामा निर्भर हुने भएपनि त्यतिवेला भिलेनको भूमिकालाई महत्वपूर्ण मानिन्थ्यो,' उनले भने।

उनले मिर्जापुर, गुडगाव र सेकेन्ड गेम्समा राम्रोसँग भूमिका निभाएको उनको भनाइ छ। उनले भने, 'म भिलेनको भूमिका एकदम सोचविचार गरेर छनोट गर्छु, एउटा भिलेनको भूमिका अर्को भिलेनसँग नमिलोस भनेर सचेत हुन्छु।'

उनले मिर्जापुरमा कालिन भैयाको भूमिका सम्झनामा रहिरहने आशा गरेका छन्। उनले कालिन भैयालाई मोगेम्बो, शाकाल र गब्बरसँग तुलना गरेका छन्।

 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्