Kathmandu Press

नेपाली फुटबलर राजेश परियारले भारतीय क्लबबाट खेल्ने

नेपाली फुटबलर राजेश परियारले भारतीय क्लबबाट खेल्ने

काठमाडौं, भदौ ३१ : नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन्।

भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको अहमदाबादबाट खेल्न लागेको बताएका छन्। आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन्।

परियार अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन्। उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए। 

परियार गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए। अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए।
 

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्