करीना गर्भवती, तैपनि 'लालसिंह चड्ढा'को सुटिङ गर्ने
मुम्बई, भदौ ३१ : बलिउड अभिनेत्री करीना कपूर गर्भवती छिन्। तैपनि उनले आफ्नो प्रतिबद्धता अनुसार फिल्म 'लालसिंह चड्ढा'को सुटिङलाई निरन्तरता दिने भएकी छन्।यो...
मुम्बई, भदौ ३१ : बलिउड अभिनेत्री करीना कपूर गर्भवती छिन्। तैपनि उनले आफ्नो प्रतिबद्धता अनुसार फिल्म 'लालसिंह चड्ढा'को सुटिङलाई निरन्तरता दिने भएकी छन्।
यो फिल्म कोरोना कारण एक वर्ष पछाडि धकेलिएको छ। अझै निर्माण ढिलाइ हुँदा समस्या आउनसक्ने जनाउँदै करीनाले सुटिङलाई निरन्तरता दिने भएकी हुन्। उनले सात महिनासम्म काम गर्ने निर्णय लिएको भारतीय मिडियाले जनाएका छन्।
उनले आफ्नो हिस्साको सुटिङ सक्ने योजना बनाएकी छन्। यसमा निर्माता टिम पनि सहमत भएका छन्। यसको सुटिङको लागि सबै तयारी पूरा भएको जनाएको छ।
यस अघि पनि थुप्रै बलिउड अभिनेत्रीले गर्भवती भएकै वेला पनि काम गरेका थिए। काजोल, जुही चावला, नन्दिता दास, स्मिता पाटिल, जया बच्चनलगायतका अभिनेत्रीले गर्भवती हुँदा पनि काम गरेका थिए।
काजोलले त ६ महिनाको गर्भवती हुँदा पनि काम गरेकी थिइन्। त्यतिवेला उनी 'वी आर फेम्ली' फिल्मको सुटिङमा थिइन्।
यो फिल्मका करीनाँसगै आमिर खान पनि छन्। उनी 'लालसिंह चड्ढा'को भूमिकामा हुनेछन्।



-(7)-1765197040.jpg)








