Kathmandu Press

उसुमा आर्मीका निमा र मिनाले जिते स्वर्ण पदक

बाँके, वैशाख ९ :  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी....

उसुमा आर्मीका निमा र मिनाले जिते स्वर्ण पदक

बाँके, वैशाख ९ :  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन्।

महिला नान् छवान्-नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन्। प्रदेश ३ की अन्जिता स्याङ्तान दोस्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए।

महिला थाइची छ्वान-थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१ अंकसाथ पहिलो भइन्। मिनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन्। सविताले १७.९८ अंक जोडिन्। सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेस्रो भइन्।

यस्तै, पुरुष थाइची छ्वान-थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए। उनले १८.४८ अंक जोडे। प्रदेश ३ का पासाङ शेर्पा दोस्रो तथा सुदूरपश्चिमका जनक बुढा तेस्रो बने। पुरुष नान छ्वान-नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते। उनले १९.१ अंक प्राप्त गरे।

एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे। सान्सौंको ८ स्पर्धाको फाइनल आउन बाँकी छ।

प्रकाशित मिति: १९:४२ बजे, सोमबार, वैशाख ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्