Kathmandu Press

भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य वृद्धि

काठमाडौं, भदौ ३० : भारतले प्याज नेपाल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य बढ्न थालेको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा सोमबारको तुलनामा...
भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य वृद्धि

काठमाडौं, भदौ ३० : भारतले प्याज नेपाल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य बढ्न थालेको छ। 

कालीमाटी तरकारी तथा फलफूल बजारमा सोमबारको तुलनामा मंगलबार २५ प्रतिशत प्याजको मूल्य बढेको छ। सोमबार प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ रहेको प्याजको मूल्य बढेर मंगलबार ७४ देखि ७६ रुपैयाँसम्म पुगेको छ। 

Hardik ivf

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको जनाएको छ। दक्षिण भारतमा भारी वर्षाका कारण प्याज उत्पादन घटेकाले भारतमा पनि प्याजको मूल्य बढेको छ। कर्नाटक, आन्ध्र प्रदेशलगायतका दक्षिण भारतीय राज्यमा लगातारको वर्षाले प्याजको उत्पादनमा क्षति पुगेको छ।

दक्षिण एसियामा सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक भारत हो। नेपाललगायत बंगलादेश, श्रीलंका र मलेसिया भारतीय प्याजमै निर्भर रहेका छन्।

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्