Kathmandu Press

जिम्न्याष्टिकमा एपीएफका राजुले जिते ५ स्वर्ण

बाँके, वैशाख ९ : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण जितेका छन्। राजुले थप १ रजत पनि....

जिम्न्याष्टिकमा एपीएफका राजुले जिते ५ स्वर्ण

बाँके, वैशाख ९ : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण जितेका छन्। राजुले थप १ रजत पनि जिते। सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए।

कारकाँदोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते। एपीएफका दिनेश सुनुवार दोस्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेस्रो भए। भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउँदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोड्दै पहिलो स्थान हात पारे। प्रदेश ३ कै त्रिदेव गिरी तेस्रो भए। 

प्यारलल् बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे। प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा प्रदेश ७ का जितेन्द्र चौधरी तेस्रो भए। पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे। एपीएफकै रिकेश तामाङ दोस्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेस्रो भए।

अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे। प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा एपीएफका विष्णु बाटा तेस्रो भए। राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते। राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०.६० अंक जोड्दै स्वर्ण जितेको हो। प्रदेश ३ दोस्रो तथा प्रदेश ७ तेस्रो भए।

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्