Kathmandu Press

डिस होमको ‘द स्ट्रिङस’ दोस्रो चरणमा

काठमाडौं, भदौ ३० : डिस होमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङस’ दोस्रो चरणमा प्रवेश गरेको छ।प्रतियोगिताको पहिलो चरण अडिसन राउन्ड...
डिस होमको ‘द स्ट्रिङस’ दोस्रो चरणमा

काठमाडौं, भदौ ३० : डिस होमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङस’ दोस्रो चरणमा प्रवेश गरेको छ।

प्रतियोगिताको पहिलो चरण अडिसन राउन्ड सकिएको छ। यसबाट १० प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन्।

निर्णायकको छनोट र दर्शकको भोटबाट उत्कृष्ट १० छनोट भएको आयोजकले जनाएको छ। उत्कृष्ट १० जनाले दोस्रो चरणका लागि आआफ्नो प्रस्तुति दिइसकेका छन्।

उनीहरुले आफ्नो प्रस्तुतिलाई डिस होमको फेसबुक पेजमा राखिसकेका छन्। अब उनीहरु दर्शकले दिने भोटका आधारमा अर्को चरणमा प्रवेश गर्नेछन्।

 

 

 

 

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्