Kathmandu Press

एथलेक्टिसमा नेपाली सेनाले जित्यो २१ स्वर्ण

काठमाडौं, वैशाख ९ : नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पियन बनेको छ।

दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशाला....

एथलेक्टिसमा नेपाली सेनाले जित्यो २१ स्वर्ण

काठमाडौं, वैशाख ९ : नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पियन बनेको छ।

दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा सञ्चालित प्रतियोगितामा सशक्त र शानदार प्रदर्शन गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो। त्यस्तै, ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको सशस्त्र प्रहरीको एपीएफ टिम उपविजेतामा चित्त बुझाउँदा नेपाल पुलिस ३ स्वर्ण, ५ रजत र ४ कास्य पदकका साथ तृतीय स्थान हासिल गर्न सफल भयो।

त्यस्तै, ५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो। महिला १८ र पुरुष १८ गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङ्गो लागेको छ। वैशाख ५ बाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो।
 

प्रकाशित मिति: १९:२७ बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्