प्रिमियर लिगमा चेल्सीको शानदार सुरुवात
काठमाडौं, भदौं ३० : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित सुरुवात गरेको छ ।नयाँ सिजनको पहिलो खेलमा लण्डन क्लबले ब्राइटन एन्ड होभ...
काठमाडौं, भदौं ३० : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित सुरुवात गरेको छ ।
नयाँ सिजनको पहिलो खेलमा लण्डन क्लबले ब्राइटन एन्ड होभ आल्बियनमाथि ३–१ गोल अन्तरको सहज जित निकालेको हो । ब्राइटनको घरेलु मैदानमा चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले एक एक गोल गरे ।
घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए । सोमबार रातिकै अर्को खेलमा वुल्भर ह्याम्पटन वान्डेरर्सले शेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
राउल जिमेनेज र रोमेन साइसले १–१ गोल गरे ।
प्रकाशित मिति: ०७:२१ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











