Kathmandu Press

बजार प्रतिरोध क्षेत्रबाट केही सच्चियो, अब के होला?

काठमाडाैं, वैशाख ९ : आज पनि बजारमा एक अर्ब रकमभन्दा बढी नै कारोबार भएको छ। तर, आजको कारोबार हेर्दा क्रेताको र विक्रेता दुबैको चाप रहेको देखिएको छ....

बजार प्रतिरोध क्षेत्रबाट केही सच्चियो, अब के होला?
फाइल फोटो

काठमाडाैं, वैशाख ९ : आज पनि बजारमा एक अर्ब रकमभन्दा बढी नै कारोबार भएको छ। तर, आजको कारोबार हेर्दा क्रेताको र विक्रेता दुबैको चाप रहेको देखिएको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७ दशमलव २६ अंकले घटेर १२५६ दशमलव ९४ को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचकमा ० दशमलव ५७ प्रतिशतले घटेको छ। आज दोस्रो बजार १२६४ दशमलव २० को विन्दुमा खुलेको थियो भने १२८० दशमलव ०८ को उच्च विन्दुसम्म पुगेको छ। 

आज बजारको न्यून विन्दु १२४६ दशमलव ९७ थियो। आज दिनभरमा १ अर्ब ४ करोड ६० लाख बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था : 

आज सर्वाधिक कारोबार हुने :

आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक  लिमिटेडको ९ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने :

आज एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ७७ प्रतिशतले कमाए भने र माउण्टेन हाइड्रो नेपाल लिमिटेडका शेयरधनीले सर्वाधिक ५ दशमलव २० प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो र सामेबार बजार १२५६ दशमलब ९४ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलब ५७ प्रतिशतले कम हो। आजको मैनबत्तीले स्पिनिङ्ग टपको आकृति बनाएको छ। यसले बढ्दो बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरेपनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाणले क्रेता र विक्रेताको चाप अत्याधिक रहेको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको बजारको उतारचडाव हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजार बढ्दो प्रवृत्तिमा रहेको छ।  १२८० देखि १३०० को प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने र सामान्य टेवा १२४७ रहेको थियो। आज बजार त्यही १२८० को प्रतिरोध क्षेत्रबाट केही सच्चिएको र १२४७ को टेवा क्षेत्रबाट नै बजार केही फेरि सकारात्मक देखिएको छ। 

माथि चित्रमा देखिए बमोजिम बजारले आज  हेड एण्ड सोल्डर आकृति बनाएको थियो। यो आकृति वियरिस अथवा रिभर्सल प्रकृतिको हो। बजारले निश्चित रुपमा यो आकृति बनाइसकेपछि बजार सच्चिएको देखिन्छ। यसको न्यूनतम लक्ष्य पनि हासिल गरिसकेको देखिन्छ।  २१ र ५० समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले डेड क्रस बनाएको हुनाले बजार केही सच्चिन सक्ने संकेत गरेको छ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४१ दशमलब २७ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा क्रेताको चाप कम भइरहेको जनाएको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी बिक्री भएर पुनः बजारमा क्रेताको चाप हुन सक्ने संकेत गरेको छ।

निष्कर्ष : माथि उल्लेखित छोटो समयको मैनबत्ती प्रवृत्तिहरु र सूचकहरुको मिश्रित संकेत रहेको छ। आज बजारमा उतारचडाव र कारोबार ठूलो मात्रामा भएपनि भोलिको कारोबारलाई पनि हेर्नु पर्ने देखिन्छ। हाल बजारको तत्कालीन प्रतिरोध १२८० मा देखिएको छ भने तत्कालीन सामान्य टेवा १२४६ मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्