Kathmandu Press

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, भदौ २९ : केही दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमबार भने थोरै वृद्धि भएको छ। प्रतितोला चार सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी...
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, भदौ २९ : केही दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमबार भने थोरै वृद्धि भएको छ। प्रतितोला चार सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९६ हजार नौ सयमा कारोबार भइरहेको छ। आइतबार ९६ हजार पाँच सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि चार सय रुपैयाँले बढेको छ। सोमबार ९६ हजार चार सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार तेजाबी सुनको मूल्य ९६ हजार रहेको थियो।

चाँदी पनि सोमबार १० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १२:१३ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्