Kathmandu Press

पाँच महिनापछि काम फर्किए रणवीर सिंह

मुम्बई, भदौ २९ : कोरोना भाइरसको महामारीका कारण ठप्प रहेको बलिउडमा फेरि कामकाज सुरु हुन थालेको छ। बलिउड स्टार रणवीर सिंह पाँच महिनापछि...
पाँच महिनापछि काम फर्किए रणवीर सिंह

मुम्बई, भदौ २९ : कोरोना भाइरसको महामारीका कारण ठप्प रहेको बलिउडमा फेरि कामकाज सुरु हुन थालेको छ। बलिउड स्टार रणवीर सिंह पाँच महिनापछि काममा फर्किएका छन्।

उनले भरखरै एउटा विज्ञापनको सुटिङ गरेका छन्। उनी त्यसका लािग मुम्बईको एक स्टुडियोमा देखिएका छन्। अब विस्तारै काममा फर्किनु पर्ने अवस्था आएको उनले बताए।

Hardik ivf

उनी मुम्बईको सुपरस्टार कोस्टुडियोमा सुटिङमा व्यस्त रहे। यसले बलिउडमा उत्साह थपेको जनाएको छ। अन्य कलाकारलाई पनि काममा फर्किन हौसला मिलेको प्रतिक्रिया आइरहेका छन्।

उनी फेरि काममा फर्किएकोमा धेरैले प्रशंसा पनि गरेका छन्। अब अन्य कलाकारले पनि काममा फर्किनुपर्ने प्रशंकहरुले आग्रह गर्न थालेका छन्।

कोरोना महामारी सुरु भएपछि बलिउडमा काम ठप्प छ। नयाँ फिल्म सुटिङ भएका छैनन्। कलाकारहरु घरमै बसिरहेका छन्।

प्रकाशित मिति: १२:०३ बजे, सोमबार, भदौ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्