बागलुङमा पहिरोले तीन घर पुरिँदा एकको मृत्यु, एक घाइते
बागलुङ, भदौ २८ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।कुश्मीशेराको टुनीवटमा खसेको पहिरोले घर पुरिँदा ६० वर्षीया...
बागलुङ, भदौ २८ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।
कुश्मीशेराको टुनीवटमा खसेको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोमा पुरिएर ७० वर्षीय मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्। उनलाई स्थानीय बासिन्दाले उद्धार गरेका थिए। उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार भइरहेको छ।
बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहित पहिरो खसेको हो। पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले बताए।
आइतबार बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ। पहिरोको थप विवरण आउन बाँकी छ।
पहिरो खसेको खबर पाएपछि प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा गएको छ। केहीबेरमा घटनास्थल पुग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)