Kathmandu Press

पहिरोको क्षतिबारे बुझ्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं, भदौं २८ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् ।गृह जिल्लामा...
पहिरोको क्षतिबारे बुझ्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं, भदौं २८ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् ।

गृह जिल्लामा पहिरोले ठूलो क्षति पुर्‍याएको खबर पाएसँगै उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।

गएरातिको वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याउँदा हालसम्म २ जनाको शव फेला परेको छ भने २२ जना भन्दा वढी वेपत्ता रहेका छन् । 
 

प्रकाशित मिति: ०८:४२ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्