सिन्धुपाल्चोक पहिरो अपडेट : २ जनाको मृत्यु, २२ जना वेपत्ता
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी डिएसपी प्रकाश सापकोटाकाले काठमाडौं प्रेसलाई दिएको जानकारी अनुसार भीरर्खकमा ३ घर, नाकुचेमा कम्तीमा ७ वटा घर पहिरोले पुरेको छ ।
काठमाडौं, भदौं २८ : लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ भीरर्खक, नाकुचे र केम्मे भन्ने स्थानमा गएको पहिरोमा परी २ जनाले ज्यान गुमाएका छन् भने २२ जना वढी वेपत्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी डिएसपी प्रकाश सापकोटाकाले काठमाडौं प्रेसलाई दिएको जानकारी अनुसार भीरर्खकमा ३ घर, नाकुचेमा कम्तीमा ७ वटा घर पहिरोले पुरेको छ ।
भीरखर्कमा हालसम्म २ जनाको शब भेटिएको र भीरखर्क र नाकुचेमा गरी २२ जना भन्दा वढी वेपत्ता रहेको सापकोटाले बताए । मृत्यु हुने २ जनाको नाम खुलेको छैन् ।
यसैगरी केम्मे भन्ने स्थानमा गएको पहिरोमा परी ३ जना घाईते भएको र अन्य विवरण आइनसकेको उनले बताए । अहिले घटनास्थलमा स्थानिय र प्रहरी उद्धारमा खटिएका छन् ।
प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)