भारतमा कोरोना संक्रमितको संख्या ४७ लाख नाघ्यो
काठमाडौं, भदौं २८ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो...
काठमाडौं, भदौं २८ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ । अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८६८ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)