Kathmandu Press

चितवनमा थपिए ३१ जना कोरोना भाइरस संक्रमित 

चितवन, भदौं २८ : चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा ७ जना...
चितवनमा थपिए ३१ जना कोरोना भाइरस संक्रमित 

चितवन, भदौं २८ : चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार राति  सार्वजनिक गरिएको विवरणअनुसार चितवनका १५ जनासहित ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिएकी छिन् । यस्तै भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एक एक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एकरएक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ०७:०५ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्