सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोले कम्तीमा ९ घर पुरिए, केहि वेपत्ता
काठमाडौं, भदौं २८ : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका गएराती गएको पहिरोले कम्तीमा ९ वटा घर पुरिएका छन् ।बाह्रविसे नगरपालिका वडा नं ७ को बिर्खमा...
काठमाडौं, भदौं २८ : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका गएराती गएको पहिरोले कम्तीमा ९ वटा घर पुरिएका छन् ।
बाह्रविसे नगरपालिका वडा नं ७ को बिर्खमा गएको पहिरोमा परी ९ बटा घर पुरिएको बाह्रविसे नगरपालिकाका नगरप्रमुख निमफुन्जो शेर्पाले काठमाडौं प्रेसलाई बताए । ‘म एक टोली सहित घटनास्थल जाँदैछु, पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको सूचना आएको छ, जुमखर्कमा पहिरो गएको जानकारी छ त्यताको क्षतिबारे भने खबर छैन,’ मेयर शेर्पाले काठमाडौ प्रेससँग भने,’कम्तिमा २० २५ जना मानिस बेपत्ता भएको भन्ने अनुमान गरिएको खबर प्राप्त भएको छ।’
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको भन्दै सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)