Kathmandu Press

मकवानपुरमा थप ४७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

हेटौँडा, भदौ २७ : मकवानपुरमा थप ४७ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक...
मकवानपुरमा थप ४७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

हेटौँडा, भदौ २७ : मकवानपुरमा थप ४७ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा मकवानपुरका विभिन्न युनिटमा कार्यरत थप ४७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

हेटौंडा–११, थानाभर्‍याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५ जना र जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए। संक्रमित १२ जनालाई जिल्ला प्रहरीको सभाहलमा र बाँकीलाई हेटौंडा–६ स्थित आइसोलेसन वार्डमा राखिएको एसपी राठौरले जानकारी दिए।

योसँगै मकवानपुरमा कोरोनाबाट संक्रमित प्रहरीको संख्या ११५ जना पुगेको छ। 

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्