Kathmandu Press

काठमाडौं महानगरमा कोरोना संक्रमितको संख्या ४८ सय नाघ्यो

काठमाडौं, भदौ २७ : काठमाडौं महानगरपालिकामा कोरोना स‌ंक्रमितको संख्या चार हजार ८८६ रहेको छ।हाल संक्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन्...
काठमाडौं महानगरमा कोरोना संक्रमितको संख्या ४८ सय नाघ्यो

काठमाडौं, भदौ २७ : काठमाडौं महानगरपालिकामा कोरोना स‌ंक्रमितको संख्या चार हजार ८८६ रहेको छ।

हाल संक्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ।

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन्।
 
उनका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नम्बर १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ।

त्यसैगरी वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ। यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन्।  सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ। 

कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ।

प्रकाशित मिति: १७:११ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्