Kathmandu Press

काठमाडौं उपत्यकामा शनिबार थपिए ४३१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २७ : काठमाडौं उपत्यकामा थप ४३१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  शनिबार  गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४३१ जनामा...
काठमाडौं उपत्यकामा शनिबार थपिए ४३१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २७ : काठमाडौं उपत्यकामा थप ४३१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

शनिबार  गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३७७, भक्तपुरका १७  र ललितपुरका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२ पुगेको छ। संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट ३३६ जनाको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर ८५२ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:३० बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्