Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु  

काठमाडौं, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु  

काठमाडौं, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।  

यस्तै, शनिबार नेपालमा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।

संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर ८५२ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२६ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्