Kathmandu Press

तुलसीपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर, भदौ २७ : दाङको तुलसीपुर उपमहानगरपालिकामा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा शनिबार गरिएको परीक्षणमा थप...
तुलसीपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर, भदौ २७ : दाङको तुलसीपुर उपमहानगरपालिकामा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा शनिबार गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ८९ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु स्वास्थ्यकर्मी र कन्ट्याक्ट ट्रेसिङ्गमा परेका रहेका छन्। योसँगै दाङमा कोरोना स‌ंक्रमितको संख्या ८७३ पुगेको छ।

प्रकाशित मिति: १५:२२ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्