गण्डकी प्रदेशमा थपिए ४५ जना कोरोना संक्रमित
पोखरा, भदौ २७ : गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्।शनिबार गरिएको परीक्षणमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) देबचुलीका ३४, कास्कीको पोखरा महानगरपालिकाका...
पोखरा, भदौ २७ : गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार गरिएको परीक्षणमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) देबचुलीका ३४, कास्कीको पोखरा महानगरपालिकाका १० र गोरखाको आरुघाटका एक जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८६५ पुगेको छ।
संक्रमितमध्ये १८४९ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १५:१४ बजे, शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)