Kathmandu Press

रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

भरतपुर, भदौ २७ : चितवनमा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ। गणको कम्पाउण्डभित्र रुखको हाँगा काट्ने क्रममा शनिबार करेन्ट लागेर कालिका नगरपालिका–८...
रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

भरतपुर, भदौ २७ : चितवनमा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ। 

गणको कम्पाउण्डभित्र रुखको हाँगा काट्ने क्रममा शनिबार करेन्ट लागेर कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै र सैनिक जवान कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति: १४:४८ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्