मोरङमा कोरोना संक्रमणबाट ६९ वर्षीय पुरुषको मृत्यु
विराटनगर, भदौ २७ : मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट विराटनगर महानगरपालिका– ८ का ६९ वर्षीय पुरुषको कोभिड–१९...
विराटनगर, भदौ २७ : मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट विराटनगर महानगरपालिका– ८ का ६९ वर्षीय पुरुषको कोभिड–१९ अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार मध्यान्ह मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
गत भदौ २२ गते अस्पताल भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। सुगर र ब्लडप्रेसरका बिरामी ती पुरुष्को शुक्रबारदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।
योसँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।
प्रकाशित मिति: १४:३६ बजे, शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)