Kathmandu Press

बाँकेमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ २७ : बाँकेमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार भेरी अस्पताल र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा बाँकेमा थप...
बाँकेमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ २७ : बाँकेमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार भेरी अस्पताल र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा बाँकेमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भेरी अस्पतालको प्रयोशालामा ३५ र बागेश्वरी ल्याबमा ५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये २८ जना पुरुष र १२ जना महिला रहेका छन्। 

योसँगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संखया १४०४ जना पुगेको छ। तीमध्ये ९८५ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ८ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्