Kathmandu Press

चितवनमा थप २६ जना प्रहरीमा कोरोना संक्रमण 

भरतपुर, भदौ २७ : वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २६...
चितवनमा थप २६ जना प्रहरीमा कोरोना संक्रमण 

भरतपुर, भदौ २७ : वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यस्तै, शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै चितवनमा ३९ जना प्रहरीमा कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये पाँच जना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन्। 

वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना संक्रमण भएको हो। कार्यरत रहेकामध्ये अधिकांशलाई कोरोना संक्रमण भएसँगै कार्यालय सिल गरिएको छ।

थापाका अनुसार वडाबाटै नमूना संकलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। 

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्