Kathmandu Press

रोल्पामा पहिरोमा पुरिएर दुई बालकको मृत्यु, दुई जना घाइते

लिवाङ, भदौ २७ : रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।लुंग्री गाउँपालिका–१, आपेका...
रोल्पामा पहिरोमा पुरिएर दुई बालकको मृत्यु, दुई जना घाइते

लिवाङ, भदौ २७ : रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

लुंग्री गाउँपालिका–१, आपेका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ८ वर्षीय अमर घर्ती र ११ वर्षीय युवराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।

पहिरोमा पुरिएर बालककी ३५ वर्षीया आमा नन्दकली घर्ती मगर र ५० वर्षीया हजुर आमा बीरमा घर्तीमगर घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि सुलिचौर अस्पताल पठाइएको छ।

प्रकाशित मिति: १२:०५ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्