Kathmandu Press

कोरोना संक्रमणबाट ललितपुरमा थप तीन जनाको मृत्यु

ललितपुर, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक...
कोरोना संक्रमणबाट ललितपुरमा थप तीन जनाको मृत्यु

ललितपुर, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप तीन जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको हो। मृतमध्ये भक्तपुरका दुई जना र काठमाडौंका एक जना पुरूष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

कोरोना संक्रमणबाट काठमाडौंका ५१ वर्षीय पुरुष र भक्तपुरका ७२ वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। 

गत भदौ १९ गते अस्पताल भर्ना भएका काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार दुई बजे र भदौ १७ गते अस्पताल भर्ना भएका भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे मृत्यु भएको हो।

यस्तै, मेघा अस्पतालमा भर्ना भएका भक्तपुरका ३८ वर्षीय पुरुषको पनि शनिबार बहिान साढे ७ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। 

ती पुरुष गत शुक्रबार मेघा अस्पताल भर्ना भएका थिए।
 

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्