कोरोना संक्रमणबाट रूपन्देहीमा थप एक जनाको मृत्यु
बुटवल, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको शनिबार बिहान...
बुटवल, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
ती पुरुष भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका थिए। उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनमा पीसीआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
प्रकाशित मिति: १०:५४ बजे, शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)