Kathmandu Press

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट कास्कीमा एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार...
पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा, भदौ २७ : कोरोना भाइरसको संक्रमणबाट कास्कीमा एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।

भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका ती पुरुषलाई आईसीयूमा राखिएको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।

प्रकाशित मिति: १०:५१ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्