तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं, भदौं २७ : काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।प्रदेश ३-०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प...
काठमाडौं, भदौं २७ : काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
प्रदेश ३-०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गौतमलाई गएराति पौने १० बजे टिप्परले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: ०७:५१ बजे, शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











