Kathmandu Press

चितवनमा थपिए ८७ जना कोरोना संक्रमित 

काठमाडौं, भदौं २७ : चितवनमा ८७ जना कोरोना संक्रमित थपिएका छन्‌।  भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालामा ५३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७...
चितवनमा थपिए ८७ जना कोरोना संक्रमित 

काठमाडौं, भदौं २७ : चितवनमा ८७ जना कोरोना संक्रमित थपिएका छन्‌।  

भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालामा ५३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७ जना संक्रमित रहेको पुष्टि भएको हो।  अस्पतालले शुक्रबार राती १२ बजे सार्वजनिक गरेको विवरणअनुसार ३ देखि ९० वर्षसम्मका मानिसहरू संक्रमित भएका छन्‌।

 भरतपुर महानगरपालिकामा मात्रै ७३ जना संक्रमित थपिएका छन्‌। यस्तै, रत्ननगरका २ जना, खैरहनीका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ।  

संक्रमितहरू सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको छ।
 

प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्