Kathmandu Press

भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुर, भदौ २६ : भक्तपुरका एकै परिवारका तीन जना मृत फेला परेका छन्। शुक्रबार साँझ मध्यपुर थिमी नगरपालिका-९, निकोसेरामा एकै परिवारका तीन जना मृत...
भक्तपुरमा एकै परिवारका तीन जना मृत भेटिए

भक्तपुर, भदौ २६ : भक्तपुरका एकै परिवारका तीन जना मृत फेला परेका छन्। 

शुक्रबार साँझ मध्यपुर थिमी नगरपालिका-९, निकोसेरामा एकै परिवारका तीन जना मृत फेला परेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।

उनका अनुसार एकै परिवारका सुदीप अधिकारी, उनकी पत्नी सुशीला अधिकारी र छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन्।

‘हामी घटनास्थलमा पुगेका छौं,’ डिएसपी गिरीले भने,‘ के कारणले मृत्यु भएको हो भन्नेबारे खुल्न सकेको छैन।’  घटनाबारे थप अनुसन्धान सुरु गरिएको जानकारी दिए।
 

प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्